Friday, March 28, 2025
spot_img

उज्यालोले रोक्यो बसाईसराई, दैलेखको महाबु झिलिमिली

spot_img

Share

spot_img

काठमाडौँ । दैलेखको महाबु गाउँपालिकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् पुगेको छ । नेपाल विद्युत् प्राधिकरण, दैलेख वितरण केन्द्रले गाउँपालीका अन्तर्गतका ३०० बढी घरमा विद्युत् विस्तार गरेसँगै गाउँ झिलिमिली भएको हो । लामो समयको पर्खाइ तथा निराशालाई चिर्दै गाउमा पहिलो पटक उल्लेखित स्थानमा तीन थान ट्रान्सफर्मर मार्फत विद्युतको सुविधा पुर्याउन केन्द्र सफल भएको हो ।

गाउँपालिकाकाे वडा नम्बर ३ को सुवाकोट र ५ को वडाबन र बोर्डीमा राष्ट्रिय ग्रिडको बिजुली विस्तार गरेको केन्द्र प्रमुख नरेश रावलले बताए । उनले अहिले वाइरिङको काम गरिरहेको जानकारी दिए ।

बसाईसराईको चपेटामा पुगेको ग्रामीण बस्तीहरूमा बिजुली पुगेसँगै बसाईसराई नियन्त्रण हुने अपेक्षा गरिएको छ । पूर्वाधार तथा यातायातको सेवा नपुग्दा र बिजुली नहुँदा बसाईसराईको चपेटामा पुगेको गाउँमा बिजुली पुग्दा केही हदसम्म गाउँमै वस्ने वातावरण सिर्जना भएको स्थानीयबासीको भनाई छ ।

तत्कालिन अवस्थामा पर्याप्त मात्रामा विद्युत् खपत हुने सम्भावना नदेखिए पनि गाउँलाई विकासको नयाँ उचाईमा पुर्याएको अनुभूति भएको जनप्रतिनिधिहरूले बताए । पटकपटक कहिले आफै त कहिले जनप्रतिनिधिहरूबाट बत्ती कहिले बल्छ ? भन्ने गुनासो सहितको चासो कार्यालयमा आउने भएकोले गाउँको बिजुलीको आवश्यकतालाई आधार मानेर विद्युतीकरणको कामलाई तिव्र गतिमा अघि बढाएको केन्द्रले जनाएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img