Friday, July 17, 2026
spot_img

एमसिए नेपालद्वारा न्यू बुटवल सबस्टेशन र १८ किलोमिटर प्रसारण लाइन निर्माण शुरु

spot_img

Share

spot_img

काठमाडौँ । अमेरिकी सहयोग परियोजना एमसीसी अन्तर्गत कार्यान्वयन भइरहेको नेपाल कॉम्प्याक्टका प्रमुख ऊर्जा पूर्वाधार परियोजनामध्ये न्यू बुटवल सबस्टेशन तथा १८ किलोमिटर लामो प्रसारण लाइन निर्माणको काम औपचारिक रुपमा सुरु भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजना गरिएको विशेष समारोहमार्फत एमसिए नेपालले आज उक्त प्रसारण संरचना निर्माणको शुभारम्भ गरेको हो । यसले नेपालको उच्च भोल्टेज प्रसारण क्षमता वृद्धि गर्दै भारतसँगको ऊर्जा व्यापारलाई व्यवस्थित रूपमा सुदृढ गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि अमेरिकी राजदूत डिन आर. थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट तथा स्थानीय प्रतिनिधिहरू उपस्थित थिए ।

लाइन निर्माण सम्पन्न भएपछि विद्युतीय सञ्जाल सुदृढ, चुहावट कम र निजी लगानी आकर्षणमा सहयोग हुने जनाइएको छ । ४०० केभी क्षमताको न्यू बुटवल सबस्टेशन भारत–नेपाल सीमा नजिकै जोडिएपछि अगामी १० वर्षभित्र १० हजार मेगावाट स्वच्छ जलविद्युत् भारत निर्यात गर्ने नेपाल–भारत ऊर्जा व्यापार सहकार्यमा योगदान पुग्नेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img