Tuesday, August 11, 2026
spot_img

३५ मेगावाटको माथिल्लो अप्सुवा निर्माण हुँदै, लागत ६ अर्ब ११ करोड

spot_img

Share

spot_img

काठमाडौँ । रामजानकी हाइड्रो पावर प्राइभेट लिमिटेडले कोशी प्रदेशको संखुवासभामा ३५.१५ मेगावाटको माथिल्लो अप्सुवा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले जिल्लाको सिलिचोङ गाउँपालिका वडा नम्बर ५ र मकालु गाउँपालिका वडा नम्बर १ को सिमाना भएर बग्ने अप्सुवा खोलामा आयोजना निर्माण गर्न लागेको हो ।

आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न गरी स्वीकृतीका लागि वन तथा वातावरण मन्त्रालयमा पुगेको छ । मन्त्रालयले प्रतिवेदन स्वीकृतीका लागि अन्तिम चरणको काम गरिरहेको छ ।

प्रतिवेदन अनुसार आयोजना अन्तर्गत सिलिचोङ गाउँपालिका वडा नम्बर ५ र मकालु गाउँपालिका वडा नम्बर १ को सिमानामा अवस्थित अप्सुवा खोलामा २० मिटर लामो र ५ मिटर अग्लो पानी फर्काउने बाँध निर्माण गरिनेछ ।

सो स्थानबाट २४७५ मिटर लामो भुमिगत जलप्रवाह प्रणाली हुँदै याङ्गदेन गाउँ भन्दा ८०० मिटर तल अवस्थित सतही विद्युतगृहसम्म पानी पुर्याइनेछ । र विद्युतगृहमा जडान भएको टर्वाइनमार्फत विद्युत् उत्पादन गरिनेछ ।

आयोजनाबाट उत्पादन भएको विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत २४ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको शितलपाटी सबस्टेसनमा जोडिनेछ ।

आयोजना निर्माण सम्पन्न गर्न ६ अर्ब ११ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img