Thursday, April 9, 2026
spot_img

आन्तरिक परीक्षण सकाएर उत्पादन परीक्षणकाे तयारीमा मेवा खोला

spot_img

Share

spot_img

काठमाडाैँ । ताप्लेजुङको मेवा खोलामा निर्माण सम्पन्न भइसकेको ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत् आयोजनाकाे आन्तरिक परीक्षण पुरा गरी उत्पादन परीक्षणकाे तयारीमा रहेकाे छ ।

युनाइटेड मेवा खोला हाइड्रो पावर कम्पनीले परीक्षणका लागि करिब दुई महिना अघि नै निवेदन दिएको हाे । अब कमिटी गठन हुन अझै कम्तीमा एक हप्ता लाग्ने जनाइएकाे छ । प्राविधिक टाेलीले परीक्षण उत्पादन थालेपछि नेपाल विद्युत प्राधिकरणले १५ दिन निशुल्क विद्युत लिएर परीक्षण गर्नेछ । परीक्षणकाे चरणमा केही समस्या नदेखिए ४ साताभित्र व्यावसायिक उत्पादनमा जाने देखिन्छ ।

विसं २०७८ पुसदेखि निर्माण सुरु भएको आयोजना तोकिएको समयमै सम्पन्न भएको हो । पाँच किलोमिटर लामो सुरुङ, बाँध, विद्युत्गृह तथा प्रसारण लाइनसमेत निर्माण पूरा भइसकेको छ । विद्युत्गृहदेखि ढुंगेसाँघु सबस्टेसनसम्मको सात किलोमिटर प्रसारण लाइन कम्पनीले आफ्नै लगानीमा निर्माण गरिसकेको छ । तर, सबै भौतिक संरचना तयार हुँदाहुँदै पनि प्राधिकरणको सीओडी प्रक्रिया अघि नबढ्दा आयोजना ‘रेडी तर नन–अपरेशनल’ अवस्थामा पुगेको छ ।

आयोजना सञ्चालनमा आएपछि वार्षिक ३०३ गिगावाट घण्टाभन्दा बढी विद्युत् उत्पादन हुने अनुमान छ । कोसी कोरिडोरमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने यो आयोजना पूर्वी नेपालमा हिउँद यामको आपूर्ति सन्तुलनका लागि महत्वपूर्ण मानिन्छ ।

करिब ९ अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ७५ प्रतिशत ऋण लगानी रहेको छ । आठ बैंकको कन्सोर्टियमबाट ऋण लगानी भएको अवस्थामा उत्पादन ढिलाइले ब्याज भुक्तानीमा चाप बढ्दै गएको छ ।

सरकारले प्रतिस्पर्धामार्फत निजी क्षेत्रलाई निर्माण गर्न दिएको ‘सुपर सिक्स’ आयोजनामध्ये मेवा खाेला एक हाे ।

१३० करोड रुपैयाँकाे सेयर निष्काशन गर्दै कम्पनी

कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि १३० करोड रुपैयाँ बराबरको सेयर निष्कासन प्रक्रिया अघि बढाइसकेको छ । यसका लागि कम्पनीले विद्युत् नियमन आयाेगबाट स्वीकृति लिइसकेकाे छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य प्रस्तावसहित दोस्रो र तेस्रो वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभा आगामी फागुन ११ गते काठमाडौंमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे आयोजना निर्णय भएकाे छ । उक्त सभामा सर्वसाधारणका लागि कम्पनीको आईपीओ निष्कासन गर्ने, यससम्बन्धी निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img