Wednesday, May 27, 2026
spot_img

विद्युतीय क्षेत्रमा नयाँ प्रविधि भित्र्याउन ‘फिन इलेक्ट्रो–टेक २०२६’ आयोजना

spot_img

Share

spot_img

काठमाडाैँ । नेपालको ऊर्जा, विद्युतीय पूर्वाधार र स्मार्ट प्रविधि क्षेत्रलाई एउटै थलोमा जोड्ने उद्देश्यसहित अन्तर्राष्ट्रिय स्तरको विद्युतीय प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ आगामी जेठ २२ गतेदेखि राजधानीको भृकुटीमण्डप प्रदर्शनी हल मा सुरु हुने भएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा हुने चारदिने प्रदर्शनी जेठ २५ गतेसम्म सञ्चालन हुनेछ । नेपालमा जलविद्युत् उत्पादन, प्रसारण तथा वितरण पूर्वाधार विस्तार, औद्योगिकीकरण र डिजिटल प्रविधिको प्रयोग तीव्र बन्दै गएको सन्दर्भमा आधुनिक, सुरक्षित र ऊर्जा–दक्ष विद्युतीय प्रविधिबारे जानकारी दिने लक्ष्यसहित मेला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ ।

महासंघका अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक दिलीप कुमार अग्रवालका अनुसार सुरक्षित, गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्डअनुसारका विद्युतीय सामग्रीको प्रयोग अहिले आवश्यकता मात्र नभई अपरिहार्यता बनिसकेको छ । त्यसैले उपभोक्ता, व्यवसायी र प्राविधिक क्षेत्रलाई नयाँ प्रविधिसँग प्रत्यक्ष परिचित गराउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको हो ।

प्रदर्शनीमा नेपालसहित विभिन्न देशका उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक कम्पनीहरूको सहभागिता रहनेछ । आयोजकका अनुसार सबै स्टलहरू अग्रिम रूपमा बुक भइसकेका छन् । मेलामा ट्रान्समिसन तथा डिस्ट्रिब्युसन उपकरण, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय सामग्री, वायर तथा केबल, एलइडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्री प्रदर्शन गरिनेछ ।

प्रदर्शनीले उपभोक्तालाई एउटै स्थानमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन तुलना गर्ने, प्राविधिक जानकारी हासिल गर्ने तथा सुरक्षित विद्युतीय सामग्री प्रयोगबारे सचेतना बढाउने अवसर दिने अपेक्षा गरिएको छ । साथै, सहभागी कम्पनीहरूका लागि नयाँ बजार विस्तार, ब्रान्ड प्रवर्द्धन र व्यावसायिक सञ्जाल निर्माणको प्रभावकारी प्लेटफर्म बन्ने आयोजकको विश्वास छ ।

मेलालाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्स लगायत संस्थाहरूले सहयोग गरिरहेका छन् भने व्यवस्थापन मिडिया स्पेस ले गरिरहेको छ ।

मुख्य प्रायोजकमा ट्रान्सवेल्ड ट्रान्सफर्मर रहेको प्रदर्शनीमा पावर्ड बाइ पार्टनरका रूपमा ह्यावेल्स, प्लेटिनम स्पोन्सरमा जनता के.आई., डायमण्ड स्पोन्सरमा लेजर इन्डिया र ग्रेटवाइट इलेक्ट्रीकल्स तथा गोल्ड स्पोन्सरमा ब्रिलेन्ट एलइडी रहेका छन् ।

त्यस्तै, ओफिसियल बैंकमा नविल बैंक, ओफिसियल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स, ओफिसियल क्यारियर पार्टनरमा एस.के.बी. ग्रुप, टेक्नोलोजी पार्टनरमा जुलाई टेक ल्याब्स तथा इन्टरनेट पार्टनरमा सजिलो नेट रहेका छन् ।

देश तथा विदेशका उद्योगी, व्यवसायी, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी, सञ्चारकर्मी र सर्वसाधारण गरी हजारौँ आगन्तुकले प्रदर्शनी अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img