Wednesday, November 25, 2026
spot_img

अध्ययन पूरा भएका ३२ प्रसारण लाइन आयोजना निर्माण अनुमतिको पर्खाइमा

spot_img

Share

spot_img

काठमाडौँ । अध्ययन पूरा भएका ३२ वटा प्रसारण लाइन आयोजनाले निर्माण अनुमतिका लागि विद्युत् विकास विभागमा आवेदन दिएका छन् । विभिन्न क्षमता र प्रकृतिका यी आयोजनाले निर्माण अनुमति पाएसँगै प्रसारण पूर्वाधार विस्तारको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।

विभागमा निर्माण अनुमतिका लागि आवेदन दिएका आयोजनामध्ये ४०० केभी क्षमताका मात्रै ९ वटा रहेका छन् । ४०० केभी क्षमताका आयोजनामा नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न प्रस्ताव गरेको ९०.९ किलोमिटर लामो दुधकोशी स्टोरेज प्रसारण लाइन, विद्युत् उत्पादन कम्पनी लिमिटेडको फुकोट कर्णाली प्रसारण लाइन र माथिल्लो अरुण हाइड्रो इलेक्ट्रिक कम्पनीको माथिल्लो अरुण प्रसारण लाइन रहेका छन् ।

त्यस्तै, नेपाल विद्युत् प्राधिकरणको अरुण हब (सितलपाटी–तिङ्ला) प्रसारण लाइनको पनि अध्ययन पूरा भइसकेको छ । पश्चिम सेती–नयाँ अत्तरिया र बझाङ–बनलेक प्रसारण लाइन पनि निर्माण अनुमतिको पर्खाइमा छन् । पश्चिम सेती–नयाँ अत्तरिया र बझाङ–बनलेक प्रसारण लाइन राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले प्रस्ताव गरेका आयोजना हुन् ।

यसैगरी, प्राधिकरणका लमही–छिन्चु, दोदोधारा–न्यू अत्तरिया र छिन्चु–दोदोधारा प्रसारण लाइन आयोजना पनि ४०० केभी क्षमताका सूचीमा रहेका छन् । त्यस्तै, २२० केभी क्षमताका ३ वटा प्रसारण लाइन आयोजनाले पनि निर्माण अनुमतिका लागि आवेदन दिएका छन् ।

१३२ केभी क्षमताका ९ वटा प्रसारण लाइन आयोजनाको अध्ययन पूरा भई निर्माण अनुमतिका लागि विभागमा आवेदन परेको छ । बाँकी परियोजनन भने ३३ केभी क्षमताको रहेको विभागको तथ्यांक छ । प्रसारण लाइन निर्माण अनुमति पाएपछि यी आयोजनाहरू निर्माणको चरणमा प्रवेश गर्नेछन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img