Wednesday, April 30, 2025
spot_img

कुलमानको रिट दर्ता, पहिलो पेसी भोलि

spot_img

Share

spot_img

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट आफूलाई गैरकानुनी रुपमा हटाएको भन्दै कुलमान घिसिङले सर्वोच्च अदालतमा पेस गरेको रिट दर्ता भएको छ । घिसिङ सरकारको निर्णय बदर गर्दै आफूलाई प्राधिकरणको कार्यकारी निर्देशकमा थमौती गर्ने अन्तरिम आदेश माग गर्दै सर्वोच्च अदालत पुगेका हुन् ।

बुधबार ५ बजे मात्रै रिट अदालत पुगेकाले बिहीबार दिउँसो दर्ता भएको हो । रिटको पेसी भोलिका लागि तोकिएको छ । सरकारको निर्णय बदर गरी आफूलाई कार्यकारी निर्देशकमा पुनस्थापना गर्नुपर्ने उनको माग छ ।

उनले निवेदनमा नेपाल सरकार, ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य लगायतलाई विपक्षी बनाएका छन् । कुनै गल्ती, त्रुटी नगरेको अवस्थामा सरकारले बदनियतका साथ आफूलाई स्पष्टीकरण सोधेको र गलत ढंगले पदमुक्त गरेको भनी उनले रिट निवेदनमा जिकिर गरेका छन् ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img