Thursday, March 12, 2026
spot_img

४५ मेगावाटको चुमचेत स्यार खोलाको निर्माण ४ वर्षभित्र सम्पन्न गर्ने

spot_img

Share

spot_img

काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका वडा नम्बर ५ र ६ मा अघि बढेको ४५ मेगावाटको चुमचेत स्यार खोला जलविद्युत् आयोजना निर्माणको काम ४ वर्षभित्र सम्पन्न हुने भएको छ । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले २०८६ जेठ महिनाभित्र सम्पन्न गर्नेगरी प्रक्रिया अघि बढाएको हो ।

आयोजनाको मुख्य भौतिक संरचनाहरू स्यारखोलाको दायाँ किनारमा रहने छन् । आयोजनाका लागि आवश्यक पानीलाई ४९३२.३७ मिटर लामो हेडरेस टनेल र ७२५ मिटर लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा पुर्याइनेछ । विद्युत्गृहमा १५ मेगावाट क्षमताका ३ वटा टर्वाइनमार्फत विद्युत् उत्पादन गरिनेछ ।

आयोजनाबाट वार्षिक सरदर २५३.१ गिगावाट घण्टा विद्युत ऊर्जा उत्पादन हुनेछ । उत्पादीत विद्युत् २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत बुढीगण्डकी प्रोक जलविद्युत् आयोजनाको स्वीचिङ्ग स्टेसनमा जोडिने छ ।

बूढीगण्डकी प्रोक, बूढीगण्डकी प्रोक–१ र चुमचेत स्यारखोला जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली ७० किलोमिटर लामो एकीकृत २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन मार्फत लापाङ्ग बिहारथोक सबस्टेसनमा जोडिनेछ ।

कम्पनीले आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन तयार पारिसकेको छ । यसको स्वीकृतिका लागि विद्युत् विकास विभागमा आवेदन पेश गरेको छ ।

विभागले आयोजनाको इआइए स्वीकृतिको लागि अन्तिम चरणको काम गरिरहेको छ । आयोजना निर्माण गर्दा उल्लेखनीय वातावरणीय प्रभाव पर्ने भए ३५ दिनभित्र लिखित राय, सुझाव तथा प्रतिक्रिया पेश गर्न विभागले आग्रह गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img