Friday, September 11, 2026
spot_img

ह्याप्पी इनर्जीको साधारणसभा सम्पन्न, शेयर निष्कासन गर्ने प्रस्ताव पारित

spot_img

Share

spot_img

काठमाडौँ । जलविद्युत् उत्पादनका क्षेत्रमा क्रियाशील ह्याप्पी इनर्जी लिमिटेडको प्रथम वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा २०८३ भदौ २५ गते अर्थात आज सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको छ तथा लेखापरीक्षकको प्रतिवेदनसहितको नाफा–नोक्सान र नगद प्रवाह विवरण अनुमोदन भएको छ ।

साथै, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण भएको छ । कम्पनीले सर्वसाधारण समूहका लागि छुट्याइएको साधारण शेयर निष्कासन गर्ने विशेष प्रस्ताव समेत साधारणसभाले पारित गरेको छ ।

संखुवासभा जिल्लाको सिलिचाेङ गाउँपालिकामा ४० मेगावाट क्षमताको माथिल्लो सभाखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको यस कम्पनीले सर्वसाधारणलाई शेयर जारी गरेर पूँजी सङ्कलन गर्ने र आयोजनाको निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउने रणनीति लिएको कम्पनीका कार्यकारी अध्यक्ष इन्द्र विष्टले बताए ।

‘देशभित्र विद्युतको माग निरन्तर बढ्दै गएको र छिमेकी मुलुक भारत तथा बाङ्गलादेशसँग उर्जा व्यापारका नयाँ ढोकाहरू खुल्दै गएको पृष्ठभूमिमा कम्पनीले आफ्नो उपस्थिति मजबुत बनाउँदै लगेको छ’, उनले भने, ‘नेपाल सरकारले अख्तियार गरेको १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन तथा निर्यात गर्ने लक्ष्यलाई सघाउ पुर्याउने उद्देश्यका साथ कम्पनीले आफ्ना जलविद्युत् आयोजनाहरूलाई द्रुत गतिमा अघि बढाएको छ ।’

कम्पनीले निर्माण गरिरहेको आयोजनाले २०८० असार २५ गते नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता सम्पन्न गरेको थियो भने यसै वर्षको असोज १० गते विद्युत् विकास विभागबाट उत्पादन अनुमति प्राप्त गरेको थियो ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img