Monday, November 23, 2026
spot_img

६६९ मेगावाटको तल्लो अरुणमा नेपाल–भारत सहकार्य, बालेन र मोदीले गरे शिलान्यास

spot_img

Share

spot_img

काठमाडाैँ । सङ्खुवासभामा निर्माण हुने ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा शिलान्यास गरेका छन् । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले सोमबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसबाट डिजिटल माध्यममार्फत आयोजनाको शिलालेख अनावरण गर्दै शिलान्यास गरेका हुन् ।

सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा मुख्य संरचना रहने आयोजना भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गर्नेछ । सतलजले नै निर्माण गरिरहेको ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनासँग यो आयोजना जोडिएको छ ।

अरुण तेस्रो आयोजनाबाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई खाँदबारी नगरपालिका–२, चेवाबेसीमा जम्मा गरी करिब १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत्गृहमा पुर्‍याइनेछ । त्यसबाट थप ६६९ मेगावाट विद्युत् उत्पादन गर्ने योजना छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img