Monday, March 9, 2026
spot_img

सुपर खुदीकाे शेयर आवेदन खुला

spot_img

Share

spot_img

काठमाडाैँ । सुपर खुदी हाइड्रो पावर लिमिटेडले सर्वसाधारण लागि शेयर निष्काशन गरेकाे छ । कम्पनीले फागुन ४ गतेदेखि अर्थात आजदेखि शेयर निष्काशन गरेकाे हाे ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरिएको शेयर बाँडफाँटपछि सर्वसाधारणका लागि शेयर जारी गरेकाे कम्पनीले जानकारी दिएकाे छ ।

कम्पनीले ३१ करोड रुपैयाँ बराबरको ३१ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १५ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ५५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरी बाँडफाँट गरिसकिएको छ । साथै, ७७ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषलाई समेत बाँडफाँट गरिएको छ ।

अब कम्पनीले कर्मचारीका लागि ३१ हजार कित्ता छुट्याई, बाँकी रहेको १२ करोड ८६ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गरेको हो ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । निष्काशन छिटोमा फागुन १० गते र ढिलोमा फागुन १९ गते बन्द हुनेछ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img