Friday, October 9, 2026
spot_img

प्राधिकरणद्वारा भोटेकोशी-त्रिशूली विपद् प्रभावित तथा उद्धारकर्मीहरूका लागि ‘ट्रमा रिलिफ’ तालिम सम्पन्न

spot_img

Share

spot_img

काठमाडाैँ । नेपाल विद्युत् प्राधिकरण, तालिम व्यवस्थापन विभागको आयोजनामा भोटेकोशी–त्रिशूली विपद्बाट प्रभावित तथा खोज र उद्धार कार्यमा खटिएका कर्मचारीहरूका लागि दोस्रो चरणको ‘Post-Disaster Trauma Relief and Stress Management’ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

प्राधिकरणको इन्जिनियरिङ सेवा निर्देशनालय, तालिम व्यवस्थापन विभागले भदाै १० गतेको भोटेकोशी–त्रिशूली विपद् प्रभावित तथा प्रत्यक्ष/अप्रत्यक्ष रूपमा उद्धार कार्यमा खटिएका कर्मचारीहरूका लागि ३ दिने आवासीय तालिम सञ्चालन गरिएको हो । यसअघि विभागले सम्बन्धीत कार्यालयहरूबाट बढीमा ३० जना कर्मचारीहरूलाई प्राथमिकता दिई मनोनयन गरी पठाउन निर्देशन दिएको थियो ।

विपद्को कठिन परिस्थिति र त्यसले सिर्जना गरेको मानसिक तनाबबाट कर्मचारीहरूलाई बाहिर ल्याउन तथा उनीहरूको मानसिक स्वास्थ्यलाई सबल बनाउन यो तालिम निकै महत्वपूर्ण साबित भएको छ । उक्त कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न सहकार्य तथा सहजीकरण गर्नुहुने आर्ट अफ लिभिङ नेपाल (The Art of Living) परिवारप्रति नेपाल विद्युत् प्राधिकरणले हार्दिक आभार व्यक्त गरेको छ ।

spot_img
ऊर्जा संचार
ऊर्जा संचारhttp://www.urjasanchar.com
यसले ऊर्जा सम्बन्धी खोजमूलक लेख, रचना प्रकाशन र श्रव्य, दृश्य सामाग्रीहरू तयार गरी प्रसारण गर्छ । साथै, ऊर्जा विकासका लागि नीतिगत पहल गर्ने, सम्बन्धित निकायलाई खबरदारी गर्ने ऊर्जा संचारको मुख्य उद्देश्य हो ।
spot_img

सम्बन्धित समाचार

spot_img
spot_img

सम्बन्धित समाचार

spot_img